काठमाडौं । नेपाली विद्युतीय सवारी निर्माता यात्री मोटरसाइकल्सले नयाँ मोडेलको विद्युतीय बाइकमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समावेश गर्ने भएको छ । बुधबार सामाजिक सञ्जालमार्फत कम्पनीले नयाँ फिचरको बारेमा जानकारी दिएको हो ।
कम्पनीका प्राविधिक निर्देशक ठाकुर पौडेलले यसअघि विद्युतीय बाइकमा यस्तो फिचर नभएको र कम्पनीले सार्वजनिक गर्ने नयाँ मोडेलमा यसलाई इन्टिग्रेट गरेको बताए । “हामीले यसै वर्ष सार्वजनिक गर्ने पी वन जेन टु मोडेलको बाइकमा यो फिचर समावेश गर्न लागेका छौं,” उनले टेकपानासँग भने, “यो प्रविधि विशेषगरी चार पाङ्ग्रे गाडीहरूमा हुन्छ । बाइकमा थिएन, हामी पहिलो पटक राख्दैछौं ।”
टिप्पणीहरू